लकडाउनले बन्द भएका होटल तथा रेष्टुरेन्ट सञ्चालनमा, कोरोना महामारी कायमै

काठमाडौं, १५ साउन । लकडाउनले बन्द भएका होटल तथा रेष्टुरेन्ट चार महिनापछि आजदेखि सञ्चालनमा आउँदै छन् ।

सरकारले बन्दाबन्दी अन्त्य गरी साउन १५ गतेदेखि होटेल तथा रेस्टुराँ व्यवसाय सञ्चालन गर्न स्वीकृति दिएसँगै बिहिबारदेखि सञ्चालनमा आएका हुन् ।

होटल सञ्चालनमा आए पनि कोरोना भाइरसको महामारी कायमै रहकाले विदेशी एवं आन्तरिक पर्यटकको चहलपहल नहुँदासम्म ब्यापार हुने सम्भावना नरहेको व्यवसायीहरूले जनाएका छन् ।

नेपालको मुख्य पर्यटकीय सिजनलाई ध्यानमा राख्दै ट्रेकिङ, ट्राभल र पर्वतारोहणसम्बधी कार्यालयहरू सञ्चालनमा आएपनि स्वास्थ्य मन्त्रालयले जारी गरेको प्रोटोकलको अस्पष्टताले अन्योलमा परेको व्यवसायीहरु बताउँछन् । खासगरी विदेशबाट आउने पर्यटकका विषयमा स्पष्ट मापदण्ड नहुँदा अन्योल अझै कायमै रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here