बैंकिङ प्रणालीमा अधिक तरलता, रिभर्स रिपोमार्फत २० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं, १५ साउन । बैकिङ प्रणालीमा तरलता बढ्दै गएपछि नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ खिच्ने भएको छ ।

वित्तीय प्रणालीमा अधिक तरलता थुप्रिएपछि बिहीबार राष्ट्र बैंकले रिभर्स रिपोमार्फत राष्ट्र बैंकले उक्त पैसा बजारबाट झिक्न लागेको हो ।

बैकिङ प्रणालीमा अहिले २ खर्बभन्दा बढी तरलता भएपछि अर्ब रुपैयाँ हाराहारीमा तरलता रहेको केन्द्रीय बैंकको भनाइ छ । कर्जा प्रवाह न्यून हुँदा लगानीयोग्य रकम लगातार बढ्दै गएको छ ।

सोही कारण तरलता सन्तुलन राख्न बिहीबार २० अर्ब रुपैयाँको तरलता प्रशोचन गर्ने अवस्थामा केन्द्रीय बैंक पुगेको हो ।

राष्ट्र बैंकले जारी गरेको ७ दिनका अवधिको उक्त रिभर्स रिपो साउन २२ गते परिपक्व हुनेछ।

उक्त रिभर्स रिपो लिन गर्न चाहने बैंकहरुले बिहीबार दिउँसो ३ बजेसम्म अनलाइन बिडिङमार्फत आवेदन गर्न सक्नेछन्।

वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीले उक्त रिपो खरिद गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ । साथै मास्टर्स रिपर्चेज एग्रिमेन्ट अनिवार्य हुनुपर्नेछ।

नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा तरलता सन्तुलन कायम गर्न विभिन्न उपकरणहरु प्रयोग गर्ने गर्छ। राष्ट्र बैंकले बजारमा तरलता अधिक हुँदा खिच्ने र कम भएमा विभिन्न उपकरणमार्फत तरलता पठाउने गर्छ।

बैंकिङ प्रणालीमा लगानी योग्य पुँजी (तरलता) अत्याधिक भएपछि राष्ट्र बैंकले तरलता प्रशोचन (वित्तीय प्रणालीबाट खिच्ने) रिभर्स रिपो जारी गर्ने गर्छ ।

नेपाल राष्ट्र बैंकले वित्तीय क्षेत्रमा तरलता सन्तुलन कायम गर्न बेला बेलामा विभिन्न उपकरणहरु जारी गर्ने गर्छ। राष्ट्र बैंकले बजारमा तरलता अधिक हुँदा खिच्ने र कम भएमा विभिन्न उपकरणमार्फत तरलता पठाउने गर्छ।

लकडाउनको कारणले बैंकहरुको कर्जा लगानी बढ्न नसकेपनि निक्षेप संकलन बढ्दै जाँदा तरलता ह्वातै बढेको हो। तरलता उच्च भएपछि पछिल्लाे समय बैंकहरुले निक्षेपको ब्याजदर पनि घटाएका छन्।

के हो रिपो र रिभर्स रिपो ?

रिपो :

बैंकिङ प्रणालीमा साधारण प्रकृतिको न्यून तरलताको स्थिति देखिएमा खुला बजार कारोबार सञ्चालन समितिको निर्णयानुसार अल्पकालीन अवधिको तरलता प्रवाह गर्न प्रयोग हुने उपकरण “रिपो” हो ।

यस उपकरणको निष्कासनका दिन बोलकबोलमा सफल बोलकर्ताको अर्थात बैंक तथा वित्तीय संस्थाहरूको ने.रा.बैंकमा रहेको खातामा नेपाल राष्ट्र बैंकले बाँडफाँट अनुसारको रकम जम्मा गरिदिने भएकोले तोकिएको समयावधिको लागि तरलता प्रवाह हुन जान्छ ।

रिभर्स रिपो :

बैंकिङ प्रणालीमा साधारण प्रकृतिको अधिक तरलताको स्थिति देखिएमा खुला बजार कारोबार सञ्चालन समितिको निर्णयानुसार बैंकिङ प्रणालीबाट अल्पकालीन अवधिको तरलता प्रशोचन गर्न प्रयोग हुने उपकरण “रिभर्स रिपो” हो ।

यस उपकरणको निष्कासनका दिन बोलकबोलमा सफल बोलकर्ताको ने.रा. बैंकमा रहेको खाताबाट रकम झिकिने भएकोले तोकिएको समयावधिको लागि तरलता प्रशोचन हुन्छ ।

बोलकबोलमा सहभागी बैंक तथा वित्तीय संस्थाहरूमध्ये सबैभन्दा कम ब्याजदर बोल गर्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म बाँडफाँट गरिन्छ ।

तरलता प्रशोचन गर्ने प्रयोजनार्थ प्रयोग हुने रिभर्स रिपो उपकरणको बोलकबोल आह्वान तथा निष्कासन गर्दा नेपाल राष्ट्र बैंकले आफ्नो स्वामित्वमा रहेको ट्रेजरी बिल धितो स्वरूप राख्नु पर्ने व्यवस्था छ ।

रिभर्स रिपो भुक्तानी मितिमा निष्कासन मितिका दिन सफल बोलकर्ताको खाताबाट खर्च गरी लिएको रकम सोही खाता जम्मा गरी एकमुष्ट साँवा ब्याज रकम भुक्तानी गर्ने गरिन्छ ।

रिपो तथा रिभर्स रिपो उपकरणको बोलकबोलमा सहभागी हुन इच्छुक संस्था र यस बैंक बीच अनिवार्यरूपमा मास्टर रिपर्चेज एग्रीमेण्टभएको हुनुपर्दछ । अन्यथा रिपो र रिभर्स रिपो उपकरणको बोलकबोलमा सहभागी हुन पाइँदैन ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here