काठमाडौं, १५ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार २४ घण्टामा ६ हजार ३ सय ४ जनाको पिसिआर विधिबाट गरिएको नमुना परिक्षणमा २ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ५ सय ४७पुगेको मन्त्रालयले बताएको छ ।
पछिल्लो २४ घण्टामा थप २ सय २७ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या १४ हजार २ सय ४८पुगेको छ।
कुल संक्रमितमध्ये ५२ जनाको मृत्यु भएको छ।