कति पुग्यो अमेरिकी डलर ? यस्तो विदेशी मुद्रा विनिमय दर

काठमाडौं, १६ साउन । अमेरिकी डलर भाउ स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी विनिमयहरुको दर अनुसार अमेरिकी डलर १ को १ सय १९ रुपैयाँ ४५ पैसामा खरिद तथा १ सय २० रुपैयाँ ०५ पैसामा बिक्री गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

तर युरोको खरिद तथा बिक्री दर भने केही परिवर्तन भएको छ । राष्ट्र बैंकका अनुसार आज १ युरोको खरिद दर १ सय ४० रुपैयाँ ४६ पैसा तथा बिक्री १ सय ४१ रुपैयाँ १६ पैसा तोकिएको छ।

पाउण्ड स्टर्लिङ एकको खरिददर १५५ रुपैयाँ ४९ पैसा र बिक्रीदर १५६ रुपैयाँ २७ पैसा तोकेको छ ।

यसैगरी अष्ट्रेलियन डलर एकको खरिददर ८५ रूपैयाँ ४२ पैसा र बिक्रीदर ८५ रूपैयाँ ८५ पैसा रहेको छ ।

त्यसैगरी, एक कतारी रियालको बिक्री मुल्य ३२रुपैयाँ ८१ पैसा र खरिददर ३२ रुपैयाँ ९७ पैसा रहेको छ ।

आज एक बहराईन दिनारको बिक्री मुल्य ३१६ रुपैयाँ ८५ पैसा र खरिददर ३१८ रुपैयाँ ४४ पैसा रहेको छ । भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here