एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको आईपीओे बिक्री खुल्यो

काठमाडौं, १६ साउन । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको आईपीओ बिक्री खुलेको छ ।

कम्पनीको करिब ३४ करोड रुपैयाँबराबरको आईपीओ शुक्रबारबाट बिक्री खुला गरेको हो ।

कुल ३३ लाख ९८ हजार ४६ कित्तामध्ये ५ प्रतिशत अर्थात १ लाख ६९ हजार ९०२ कित्ता सेयर सामूहिक लगानी कोषका लागि तथा २ प्रतिशत अर्थात ६७ हजार ९६१ किता सेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ । बाँकी रहेको ३१ लाख ६० हजार १८३ कित्ता सेयर सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओ निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।

कम्पनीको आईपीओमा लगानीकर्ताले छिटोमा साउन २१ गते र उक्त समयमा पर्याप्त आवेदन नपरे भदौ ३ गतेसम्म आवेदन दिन सक्नेछन् ।

सर्वसाधारणले कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेको सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका अलावा मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।

उक्त आईपीओका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ३१ लाख ६० हजार १८० कित्तासम्म आवेदन दिन सकिनेछ । एनआरएन इन्फास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनी सन् २०१२ मा स्थापना भएको कम्पनी हो ।

जलविद्युत क्षेत्रका माध्यमबाट नेपालको राष्ट्रिय विकासमा योगदान पुर्याउने यस कम्पनीको उद्देश्य छ । गैरआवासीय नेपालीहरुले यो कम्पनीलाई प्रवद्र्धन गरेका छन् । जसमा झण्डै ८ सय जनाको लगानी छ । यसको केन्द्रीय कार्यालय काठमाडौंमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here