सुनको मूल्यमा नयाँ कीर्तिमानी, तोलाको एक लाख नजिक

काठमाडौं, १६ साउन । नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमानी कायम गरेको छ ।

पछिल्लो सातादेखि बढिरहेको सुनको भाउ शुक्रबार तोलाको तीन सय बढेको छ । शुक्रबार सुन ९९ हजार तीन सय पुगेर नयाँ रेकर्ड कायम गरेको छ।

तेजावी ९८ हजार ८ सय ६५ रुपैयाँ पुगेको छ । बिहीबार छापावाल सुन प्रतितोला ९९ हजार, तेजाबी ९८ हजार ५ सय ६० तथा चाँदीको भाउ प्रतितोला १ हजार २ सय २५ रुपैयाँ थियो ।

त्यसैगरी चाँदीको मूल्य प्रतितोला १२ सय रुपैयाँमा पुगेको छ। बिहीबार १२ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी आज २५ रुपैयाँले घटेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here