पाटन अस्पतालमा एक कोरोना संक्रमित महिलाको मृत्यु

काठमाडौं, १६ साउन । नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

पाटन अस्पतालको आइसियूमा उपचारत ६५ वर्षीया कोरोना संक्रमित महिलाको शुक्रबार बिहान ९ बजेतिर मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

स्टार अस्पताल सानेपामा उपचार क्रममा गत साउन ६ गते कोरोना पोजिटिभ देखिएपछि उनलाई पाटन रिफर गरिएको थियो। ती संक्रमित महिलामा निमोनियाको समस्या देखिएको अस्पतालले जनाएको छ ।

ललितपुरकी बासिन्दा भएपनि उनि केहि हप्ता अघिमात्र वीरगञ्जबाट काठमाडौं आएकी थिइन् । काठमाडौं आएसँगै उनमा रुघाखोकीलगायतको समस्या देखिएको थियो ।

अहिले उनको शव अस्पतालमै रहेको र आजै सेनाले व्यवस्थापन गर्ने अस्पतालले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here