शाओमीको ‘रेडमी नोट ९’ सिरिज नेपाली बजारमा

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर, शाओमीले शुक्रबार नेपालमा बजेट सेग्मेन्ट भित्र दुई नयाँ स्मार्टफोन मोडल—रेडमी ९ र रेडमी ९ए सार्वजनिक गरेको छ।

शक्तिशाली चिपसेट र प्रिमियम विशेषता भएका यी नयाँ भेरियन्टले सबैका लागि असाधारण स्मार्टफोन अनुभव पहुँचयोग्य बनाउने शाओमीले विश्वास लिएको छ।

रेडमी ९: इन्ट्री लेबल स्मार्टफोनको अनुभव पुन: आविष्कार गर्दै

पहिलो इन्ट्री लेबलको स्मार्टफोनको रूपमा बहुउपयोगी क्‍वाड क्यामेरा सेटअप विशेषता भएको रेडमी ९ ले जीवनका विशेष पलहरू खिच्न मद्दत गर्ने छ। द्रूत स्न्याप, वाइड एङ्‍गल ग्रुप सट, मोहक विवरणका साथ क्लोज अप वा सुन्दर पोट्रेट खिच्न पनि रेडमी ९ ले सहयोग गर्ने छ।

यो मोबाइलले क्यालिडोस्कोप र पाम सटरजस्ता विशेषताहरू समावेश भएको प्रिमियम क्यामेराका साथ फोटोग्राफी अनुभवमा रमाइलो र रचनात्मक अनुभव समाहित गर्दछ।

यसबीच प्रयोगकर्ताले रेडमी ९ को ठूलो र उत्कृष्ट स्क्रिनको मजा उठाउन पाउने छन्। ६.५३ इन्च एफएडी प्लस डट ड्रप डिस्प्ले प्रस्तुत गर्दै रेडमी ९ ले एक क्रिस्टल क्लियर विवरणका साथ तत्कालै एक निर्देशनमा सर्वोत्कृष्ट भिजुअल अनुभव दिनेछ। डिस्प्लेमा ब्लु कलर लाइट प्रमाणीकरण र सुरक्षाका लागि कोर्निङ गोरिला ग्लास प्रयोग गरिएको छ।

पर्फमेन्सको पाटोमा रेडमी ९ मा एक अनकुलित मिडियाटेक हेलियो जी८० एसओसी छ, जसले आफ्नो पहिलेको भन्दा १०७ प्रतिशत सुधारिएको प्रदर्शन दिनेछ। ५०२० एमएएच ठूलो क्षमताको ब्याट्रीका साथ जोडिएको रेडमी ९ ले दैनिक काम र गेम खेल्नका लागि आवश्यक पावर प्रदान गर्छ। यो पर्फमेन्स बिस्ट्ले १८ वाट् फास्ट चार्जिङ टेक्नोलोजी सपोर्ट गर्छ।

रेडमी ९ एक योग्य र शानदार स्मार्टफोन डिजाइन हो। पछाडिको कभरमा यसले शिष्ट ग्रेडियन्ट कलर डिजाइन र एन्टी फिङ्‍गरप्रिन्ट रिप्पल टेक्सचर उत्तोलन गर्दछ। रिअर फिङ्‍गरप्रिन्ट सेन्सर क्यामेरा सेटको छेउमा डिजाइन गरिएको छ। र, रेडमीको हालको स्मार्टफोन लाइनअपमा चित्रित एक ट्रेन्डी सर्कल डिजाइनले घेरिएको छ। समग्रमा यसले रेडमी ९ लाई समात्न र अनलक गर्न अझ बढी सहज बनाउँछ।

रेडमी ९, ३.५ एमएम हेडफोन ज्याक, आईआर ब्लास्टरका साथमा आउँछ र यसले डुअल सिम र थप माइक्रोएसडी स्लट सपोर्ट गर्छ।

रेडमी ९ए : ६.५३ इन्च ठूलो डिस्प्ले र ५००० एमएएच ब्याट्री

यो एकदम नयाँ इन्ट्री लेबल स्मार्टफोन हो। यसमा ‘इमर्सिभ’ दृश्य अनुभवका लागि विशाल ६.५३ इन्च डट ड्रप डिस्प्ले र ५००० एमएएच उच्च क्षमताको ब्याट्री राखिएको छ। र, यो स्मार्टफोनले ती प्रयोगकर्ताहरूलाई सन्तुष्ट पार्छ जो आफ्नो फोनमा धेरै कुरा गर्न र मज्जा लिन चाहन्छन्।

रेडमी ९ए मा मिडियाटेक हेलियो जी२५, अक्टा कोर गेमिङ चिपसेट जस्ता विशेषताहरू छन्। जसले दिन प्रतिदिन सहज सञ्चालनमा अनुभव प्रदान गर्दछ। यसमा एआई अप्टिमाइज्ड् १३एमपी रिअर क्यामेरा छ। जसको महत्त्वबाट विभिन्न अवस्थाहरूमा तीव्र र सहजै स्फूर्तिदायक र स्पष्ट तस्वीर खिच्न सकिन्छ।

साओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले साओमीमा हामीले उल्लेखनीय स्मार्टफोन अनुभवहरू सबैका लागि पहुँचयोग्य बनाउने लक्ष्य राखेको बताए।

“विशाल ५०२० एमएएच ब्याट्री र क्‍वाड क्यामेरा सेटअपका साथ रेडमी ९ र ६.५३ इन्च डट ड्रप डिस्प्लेका साथ रेडमी ९ए सुलभ मूल्यमा उपलब्ध इन्ट्री लेबल स्मार्टफोनको विशिष्ट विकल्प हुन्,” उनले भने, “हामी यी दुवै स्मार्टफोनहरू नेपालका हाम्रा फ्यान र प्रयोगकर्ताका लागि ल्याउन पाउँदा निकै उत्साहित छौं। र, हामी निरन्तर उनीहरूका लागि रेडमी परिवारको उत्कृष्ट उत्पादन ल्याउने आशा राख्दछौं।”

मूल्य र उपलब्धता

रेडमी ९ तीन कलर : कार्बन ग्रे, ओसन ग्रीन र सनसेट पर्पलमा उपलब्ध हुनेछ। यो ३ जिबी र्‍याम र ३२ जिबी स्टोरेज भेरियन्टको मूल्य १६ हजार ९ सय ९९ रूपैयाँ रहेको छ। यस्तै, ४ जिबी र्‍याम ६४ जिबी स्टोरेज भेरियन्टको मूल्य १७ हजार ९ सय ९९ रहेको छ।
रेडमी ९ए २ जिबी र्‍याम ३२ जिबी स्टोेरेज भेरियन्टको मूल्य ११ हजार ४ सय ९९ रूपैयाँ छ। यो मोडल तीन कलर: ग्रानाइट ग्रे, पिकक ग्रीन र स्काई ब्लु मा उपलब्ध हुनेछ।
दुवै फोनहरू आधिकारिक मी स्टोर, रिटेल पार्टनर र अनलाइन च्यानलमा उपलब्ध हुने साओमी नेपालले जानकारी दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here