फेरि लकडाउनमा फर्कियो विराटनगर, के-के खुल्छ ?

काठमाडौं, १६ साउन । कोरोना संक्रमितको संख्या बढन थालेपछि विराटनगरमा दुई साताको लागि लकडाउन गरिएको छ।

कोरोना भाइरस समुदाय स्तरमै बढ्दै गएकोले नगरस्तरीय क्राइसिस म्यानेजमेन्ट सेन्टरको शुक्रबार बसेको बैठकले राति १२ बजेदेखि लागू हुनेगरि दुई सताको लागि लकडाउन गर्ने निर्णय गरेको हो ।

महानगरपालिकामा कोरोना संक्रमितको संख्या सय नाघेको छ। शुक्रबार थप १० जनामा संक्रमण पुष्टि भएसँगै विराटनगरमा संक्रमितको संख्या १ सय ७ पुगेको हो। संक्रमित बढेपछि गरिएको लकडाउन पहिलाको जस्तो फितलो हुन नदिने जनाइएको छ ।

के-के खुल्छ ?

लक डाउन गरिए पनि खाद्यन्य, तरकारी तथा फलफूल पसल, औषधि ग्याँस, सरसफाई, सञ्चार कर्मीहरुको लागि भने खुल्ला गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here