वैदेशिक ऋण तिर्ने म्याद सार्ने प्रयासमा नेपाल, कति छ ऋण ?

काठमाडौं, १७ साउन । नेपाल सरकारको ऋणको आकार बढ्ने क्रम जारी छ । अर्थ मन्त्रालयको अनुसार २०७७ सालको जेठसम्म नेपाल सरकारको ऋण १३ खर्ब १२ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ ।

१३ खर्ब १२ अर्ब रुपैयाँमध्ये पाँच खर्ब ९४ अर्ब १८ करोड रुपैयाँ आन्तरिक ऋण र सात खर्ब १८ अर्ब ५३ करोड रुपैयाँ वैदेशिक ऋण रहेको छ ।

कोरोना महामारीका कारण नेपालले दातृराष्ट्र र अन्तर्राष्ट्रिय निकायबाट लिएको ऋणको सावाँ तथा ब्याज भुक्तानी गर्ने मिति परिवर्तन गर्न पहल गरिरहेको छ ।

गरिब राष्ट्रहरुले लिएको ऋणको किस्ता ३ वर्षपछि तिर्न मिल्नेगरी चीन, भारत, अमेरिकाजस्ता देशसँग अर्थ मन्त्रालयले छलफल गरिसकेको छ ।

दाता राष्ट्रहरु सहमत नजिक पुगेपनि उनीहरुले सकारात्मक प्रतिक्रिया नदिएको अर्थमन्त्रालय स्रोतले जनाएको छ । नेपालले जापान, भारत, चीन, दक्षिण कोरिया, सयुक्त राज्य अमेरिका लगायत राष्ट्रबाट ऋण लिएको छ।

मन्त्रालयले विश्व बैंक, आईएमएफ, अन्तर्राष्ट्रिय वित्त निगम, एसियाली विकास बैंक, एसियाली पूर्वाधार विकास बैंकजस्ता बहुपक्षीय विकास संस्थालगायत संयुक्त राष्ट्रसंघका उच्चपदस्थ पदाधिकारीसँग कोरोनाले नेपालको अर्थतन्त्रमा पारेको असर र नेपालले गरेको प्रयासका वेबिनार छलफल समेत गरिरहेका छ । उनीहरुले प्रतिबद्धता समेत व्यक्त गरिरहेको अर्थमन्त्रालय स्रोतको भनाइ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here