गुल्मीमा पहिरो जाँदा एकै परिवारका चार जनाको मृत्यु

फाइलफोटो

काठमाडौं, १७ साउन । पहिरोले घर पुरिँदा गुल्मीको रूरूक्षेत्र गाउँपालिका ५ मा एकै परिवारका चार जनाको मृत्यु भएको छ।

रुरुक्षेत्र गाउँपालिका ५ अन्तर्गत टाहाटिम नजिकै आँटीपाटामा शुक्रबार राति स्थानीय राजु माझी ९बोटे० को घर पहिरोले पुरिएको हो।

माथिबाट खसेको पहिरोसहितको ढुंगाले घर पुरिँदा माझीकी पत्नी ३० वर्षीया बिना माझी (बोटे), उनका छोराहरु ९ वर्षीय सागर, ७ वर्षीय हेमन्त र १० महिनाकी छोरी बिनिताको घटनास्थलमै मृत्यु प्रहरीले जनाएको छ। स्थानीय र प्रहरी रातभर उद्दारमा जुटेपनि अविरल वर्ष भइरहेकाले समस्या परेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here