सांसद प्रदीप यादवसहित ६४ जनामा कोरोना पुष्टी

वीरगन्ज, १७ साउन । संघीय सांसद प्रदीप यादवसहित थप ६४ जनाामा कोरोना भाइरसको संक्रमण भएको छ । सांसद यादवसहित पर्सामा ६१ जनाका कोरोना संक्रमण पुष्टि भएको हो । यहाँ संक्रमित हुनेमा एक डाक्टर, एक पारामेडिक्स समेत छन् । शनिबार बाराका एक र रौतहटमा समेत दुई जनामा कोरोना देखियो ।

यससँगै शनिबार बिहानै ६४ जनामा कोरोना पुष्टी भएको हो । नारायणी अस्पतालका अनुसार संक्रमित १५ देखि ६८ वर्ष समूहका छन् । त्यसमा तीनजना महिला रहेका छन् ।

पर्साका संक्रमित वीरगञ्ज महानगरपालिका वडा नम्बर १, ३, ६, ७, १०, १२, १६, २३ २५ का हुन् । नारायणी अस्पतालको विशेष कोभिड अस्पताल गण्डकका अनुसार केही संक्रमितमा कोरोनाका लक्षण देखिएको छ । कोभिड अस्पतालको आइसोलेसन भने अहिले फुल भइसकेको छ । पछिल्ला दिनमा पर्सामा अत्यधिक कोरोना संक्रमित देखिएका छन् । यहाँ मृत्युदरसमेत उच्च रहेको छ । लक्षण नदेखिएका संक्रमितलाई होम आइसोलेसनमा राखिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here