पेट्रोलियम पदार्थको मूल्य बढ्यो, एलपी ग्यासको यथावत

काठमाडौं, १७ साउन । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।

शनिबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य दुई-दुई रुपैयाँले बढाएको हो।

मूल्यवृद्धि सँगसँगै काठमाडौंमा पेट्रोलको भाउ प्रतिलिटर १०४ रूपैयाँ र डिजेल तथा मट्टीतेलको भाउ प्रतिलिटर ९० रूपैयाँ पुगेको छ।

खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने समायोजन नगरिएको निगमले जनाएको छ ।

निगमले हालको मूल्य समायोजनपछि पनि भारतीय सीमा रक्सोलसँग जोडिएको नेपालको शहर विरगञ्जमा पेट्रोल प्रतिलिटर ३१ रुपैयाँ आठ पैसा र डिजलमा प्रतिलिटर ३६ रुपैयाँ ६९ पैसा नेपालतर्फ सस्तो रहेको छ ।

नेपालतर्फ पेट्रोलियम पदार्थ सस्तो हुँदा अनाधिकृत रुपमा भारततर्फ तस्करी समेत हुने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here