चेल्सीलाई हराउँदै आर्सनलले जित्यो एफए कपको उपाधि

काठमाडौं, १८ साउन । आर्सनलले ‘हेड्स अप एफए कप’ फुटबलको उपाधि जितेको छ ।

शनिबार राति भएको फाइनलमा चेल्सीलाई २–१ ले पराजित गरी आर्सनलले एफए कपको उपाधि जितेको हो । आर्सनलको यो १४ औं कीर्तिमानी उपधि हो ।

घरेलु मैदानमा भएको खेलमा आर्सनलका लागि दुवै गोल पिएर एमरिकले गरेका हुन् । जित निकालेको आर्सनलले आउँदो सिजन युरोपा लिगका लागि स्थान पक्का पनि गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here