म्यारिज एनिभर्सरी मनाउन जम्मा भएका ३५ नेपाली कोरोनाभाइरस संक्रमित, एकको अवस्था गम्भीर

काठमाडौं, १८ साउन । यूरोपेली मुलुक लग्जेम्वर्गका ३५ नेपालीहरु एकैपटक संक्रमित भएका छन् ।

गैर आवासीय नेपाली संघले आइतबार दिएको जानकारी अनुसार एक पारिवारिक जमघटमा (वैवाहिक वर्षगाँठ) मा सहभागीसहित ३५ जनामा संक्रमण पुष्टी भएको हो ।

संक्रमितमध्ये एक जनाको अवस्था गम्भीर छ । अहिलेसम्म विश्वमा ३८ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

गैरआवासीय नेपाली संघ स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार जापान, अमेरिका, भारत, रसिया, साउदी अरब, कतारमा लगायत मध्यपूर्वका केही देशमा रहेका नेपालीहरुमा भने अझै कोरोना भाइरसको संक्रमण रोकिएको छैन् ।

यसैबीच नेपालमा पनि कोरोना भाइरस संक्रमण तीव्र गतिमा फैलिएको छ । शनिबारसम्म नेपालमा २० हजार ८६ जनामा कोरोना संक्रमण देखिएको छ भने १४ हजार ४ सय ९२ जना कोरोना मुक्त भएका छन् । कोरोनो संक्रमणका कारण नेपालमा निधन हुनेहरुको संख्या ५६ जना रहेको छ ।

यो पनि पढ्नुस्ः

‘कोरोना संक्रमणको दोस्रो लहर देखियो, अझै लामो समयसम्म रहन्छ’- डब्ल्युएचओ

थप ३ सय १५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २० हजार नाघ्यो

कोरोना संक्रमितको उपचार गर्न अस्पताललाई अनुदान, कस्तो बिरामीलाई कति ?

सामाजिक उत्तरदायित्वमा खर्च नभएको पैसा कोरोना कोषमा

लकडाउन अन्त्यसँगै काठमाडौंमा भेटिन थाले लक्षणसहितका संक्रमित

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here