सुनको मूल्य प्रतितोला एकलाख नजिक, चाँदी ३० रुपैयाँ बढ्यो

काठमाडौं, १८ साउन । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । अघिल्लो दिनको तुलनामा आइतबार सुन प्रतितोला तीन सयले बढेर एतिहासिक रेकर्ड कायम गरेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार शुक्रबार प्रतितोला ९९ हजार तीन सयमा कारोबार भएको सुन आइतबार ९९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो नै अहिले सम्मको उच्च मूल्य हो ।

तेजाबी सुनको मूल्य पनि प्रतितोला २९५ रुपैयाँले बढेको छ । शुक्रबार प्रतितोला ९८ हजार ८६५ रुपैयाँमा कारोबार भएको तेजाबी सुन आइतबार प्रतितोला ९९ हजार १६० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, चाँदीको मूल्य प्रतितोला १२ सय ३० रुपैयाँमा पुगेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ। शुक्रबार १२ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज ३० रुपैयाँले बढेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here