ट्राफिक मुख्यालय सिल, एसएसपी ढकालसहित ३ सय ७५ जना क्वारेन्टिनमा

काठमाडौं, १८ साउन । दुई जना ट्राफिक प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ (बग्गीखाना) सिल गरिएको छ ।

कोरोना संक्रमण भएकाहरुलाई अस्पताल पठाइएको छ भने महाशाखा प्रमुख (एसएसपी) भीमप्रसाद ढकालसहित ३ सय ७५ जना क्वारेन्टिनमा बसेका छन् ।

सेवाग्रहीदेखि अन्य प्रहरीलाई समेत महाशाखामा आवतजवात गर्ने निषेध गरिएको छ।

संक्रमितको सम्पर्कमा आएकाहरुको कोरोना परीक्षणको काम भइरहेकाले सबै क्वारेन्टिनमा बसेको बताइएको छ । महाशाखाको ब्यारेकमा रहेका ट्राफिक प्रहरीलाई कोरोना देखिएको थियो।

क्वारेन्टिनमा रहेका प्रहरीको ट्रेसिङ गरेर पीसीआर परीक्षणको तयारी भइरहेको छ। उपत्यकाभित्र १ हजार ५ सय ४५ ट्राफिक प्रहरी कार्यरत रहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here