भारतका गृहमन्त्री अमित शाहलाई कोरोना संक्रमण

फाइलफोटो

काठमाडौं, १८ साउन । भारतका केन्द्रीय गृहमन्त्री अमित शाहलाई कोरोनाभाइरसको संक्रमण भएको छ।

गृहमन्त्री शाहाले आफ्नो ट्वीटर एकाउन्टमार्फत कोभिड १९ पोजेटिभ देखिएको जानकारी दिएका छन्।

कोभिड १९ देखिएपछि डाक्टरको सल्लाहमा शाह मेदान्ता अस्पताल भर्ना भएका छन्।

‘कोरोनाका सुरूआती लक्षण देखिएपछि मैले परीक्षण गराएको थिएँ र रिपोर्ट पोजेटिभ आएको छ। मेरो स्वास्थ्य अवस्था ठिक छ तर डाक्टरहरूको सल्लाहमा अस्पताल भर्ना भएको छु,’ शाहले ट्विटमा भनेका छन्,‘मेरो अनुरोध कि तपाईंहरूमध्ये केही दिनयता मेरो सम्पर्कमा आएका व्यक्तिहरूले आफूलाई आइसोलेसनमा राखेर परीक्षण गराउनु होला।’

भारतमा कोरोना संक्रमण हुने भारत सरकारका उच्च अधिकारी हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here