सोसल मिडियाबाट कसैले पैसा मागे नदिनु-बैंकर्स संघ

काठमाडौं, १८ साउन । नेपाल बैंकर्स संघले सामाजिक सञ्‍जालमा प्राप्त भएको अनुरोधका आधारमा कसैलाई पनि रकम नदिन आग्रह गरेको छ।

संघले आइतबार सूचना जारी गरी सामाजिक सञ्‍जालमा नक्कली अकाउन्ट खोली सहयोगमा पैसा माग्‍ने काम भइरहेको भन्दै सचेत बन्‍न सर्वसाधारणलाई आग्रह गरेको हो ।

पछिल्लो केही समयमा सामाजिक सञ्‍जालको प्रयोग गरी विभिन्न नक्कली अकाउन्ट खोली सहयोगको रुपमा पैसा माग्ने क्रियाकलापहरु भइरहेको छ, संघले जारी गरेको सूचनामा भनिएको छ, ‘कतिपय अवस्थामा अनाधिकृत अकाउन्टहरु छुट्टाउन गाह्रो हुने भएकोले सम्बन्धित व्यक्ति/कम्पनीसंग प्रत्यक्ष रुपमा यकिन गरिसके पछि मात्र कुनै पनि प्रकारको आर्थिक क्रियाकलाप गर्नुहुन र यस विषयमा थप सचेत रहनुहुन अनुरोध छ ।’

संघले आफ्नो खाता सम्बन्धीविवरण, पिननम्बर, मोबाइल-इन्टरनेट बैंकिङ्ग सम्बन्धी विवरण कसैसंग सेयर नगर्न पनि संघले अनुरोध गरेको छ ।

केही दिनअगाडि सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङको नाममा नक्कली अकाउन्ट खोली विभिन्न मानिसहरुसँग रकम माग गरिएको थियो । तत्काल सो जानकारी पाएपछि उनले प्रहरीमा उजुरी दिएका थिए ।

संघले कतिपय अवस्थामा अनधिकृत अकाउन्टहरु छुट्याउन गाह्रो हुने भएकोले सम्बन्धित व्यक्ति वा कम्पनीसँग प्रत्यक्ष रुपमा यकिन गरिसकेपछि मात्र कुनै पनि प्रकारको आर्थिक क्रियाकलाप गर्न आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here