पशुपति क्षेत्रमा संचालन हुने जात्रा/पर्वका लागि १० करोडको अक्षयकोष

काठमाडौं, १८ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पशुपति क्षेत्रमा संचालन हुने मुख्य जात्रा तथा पर्व संचालनका लागि १० करोडको अक्षयकोष स्थापना गर्ने घोषणा गरेका छन् ।

संस्कृति, पर्यटन तथानागरिक उड्डयन मन्त्रालयमा भएको कार्यक्रममा उक्त अक्षय कोषको घोषणा गरेका हुन् ।

सो कोषमा पाँच करोड पशुपति क्षेत्र विकास कोषका तर्फबाट जम्मा गर्ने भन्दै मन्त्री भट्टराईले बाँकी पाँच करोड महानगरपलिकाका तर्फबाट जम्मा गर्न महानगरका जनप्रतिनिधिलाई आग्रह गरे ।

काठमाडौंमा मनाईने इन्द्रजात्रा संचालनका लागि पनि आफू आएपछि यहि मोडेल अघि बढाइएको सन्र्दभ जोड्दै मन्त्री भट्टराईले सो अक्षयकोष संचालनका लागि जात्रा/पर्व संचालन गर्ने समूहका एक–एक जना प्रतिनिधी, जनप्रतिनिधी र पशुपति क्षेत्र विकास कोषका प्रतिनिधी रहने बताए ।

पशुपतिमा वर्षमा मुख्य नौ वटा जात्रा तथा पर्व हुने गरेका छन् ।

पशुपति क्षेत्र विकास कोषको प्रस्तावित गुरुयोजनाको विस्तृत अध्ययनगर्न तीन सदस्यीय कार्यदल गठन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here