प्रभु बैंकको २ अर्बको ऋणपत्र विक्री खुल्यो

काठमाडौं, १९ साउन । प्रभु बैंकले आज (साउन १९ गते) देखि २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र विक्रीखुला गरेको छ ।

बैंकले १ हजार अंकित दरले २० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । निष्काशित कुल ऋणपत्रमध्ये १ अर्ब २० करोड बराबरको १२ लाख कित्ता ऋणपत्र बैंकले विभिन्न व्यक्ति तथा संघ(संस्थालाई व्यक्तिगत तवरबाट बिक्री गर्ने छ ।

यस्तै बाँकी रहेको ८० करोड रुपैयाँ बराबरको ८ लाख कित्ता ऋणपत्रको ५ प्रतिशत अर्थात् ४० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याएको र बाँकी रहेको ७ लाख ६० हजार कित्तामा भने सर्वसाधरणले आवेदन दिन सक्नेछन् ।

८ वर्ष अवधि रहेको ऋणपत्रको ब्याजदर १० प्रतिशत छ । ऋणपत्रको ब्याज त्रैमासिक रूपमा भुक्तानी हुने बैंकले जनाएको छ ।

बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इनभेष्टमेन्ट बैंकिङ छ । सर्वसाधारणले न्यूनतम २५ कित्तादेखि अधिकतम ३ लाख कित्तासम्मका लागि आवेदन दिने सक्नेछन् ।

लगानीकर्ताले छिटोमा साउन २३ गते र उक्त समयमा पर्याप्त आवेदन नपरेमा भदौ १ गतेसम्म आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन्। यो ऋणपत्रलाई केयर रेटिङ नेपालले केयर एनपी त्रिपल बी रेटिङ प्रदान गरेको छ। यो रेटिङ प्राप्त गर्ने उपकरणहरु समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित मानिन्छ।

प्रभु बैंकको यो ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। यस ऋणपत्रमा लगानी गर्नेले वार्षिक १० प्रतिशतका दरले ब्याज पाउनेछन्।

यो ऋणपत्र २०८४ सालमा परिपक्व हुनेछ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here