लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशिल भट्ट

काठमाडौं, १९ साउन । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत(सिइओ)मा सुशिल भट्टलाई नियुक्त गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले भट्टलाई बोर्डको प्रमुख कार्यकारी नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघि सिइओ रहेका महाप्रसाद अधिकारी नेपाल राष्ट्र बैंकको गभर्नर भएपछि सो पद खाली रहेको थियो।

सीईओका लागि खुलाइएको आवेदनमा १२ जना इच्छुक देखिएका थिए।

१२ जनामध्ये ३ जनाको नाम समितिले मन्त्रिपरिषद्समक्ष सिफारिस गरेको थियो। बोर्डको सीईओका लागि अर्थमन्त्री डा‍. युवराज खतिवडाको संयोजकत्वमा बनेको समितिले मन्त्रिपरिषद्समक्ष तीन जनाको नाम सिफारिस गरेको थियो।

तीन जनामा डा. सरोज कोइराला, रामकृष्ण खतिवडा र सुशील भट्ट थिए। यी तीन जनाबाट आज मन्त्रिपरिषद्ले भट्टलाई नियुक्त गरेको हो ।

भट्ट अब ४ वर्षका लागि लगानी बोर्डको सिईओ हुनेछन् ।

राष्ट्रिय योजना आयोगका सदस्यसमेत रहेका भट्टसँग व्यवस्थापन, बैंकिङ, इन्जिनियरिङ तथा योजनाको क्षेत्रमा काम गरेको अनुभव छ।

प्रधानमन्त्री अध्यक्ष र अर्थमन्त्री उपाध्यक्ष रहने लगानी बाेर्डले ६ अर्बभन्दा पुँजी हुने परियाेजना तथा कम्पनीलाइ लाइसेन्स दिने, यस्ता परियाेजनाहरूकाे विकास गर्ने, प्रवर्द्धन गर्ने काम गर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here