डब्लु के डिजाइनको नयाँ स्टोर ललितपुरकाे कुमारीपाटीमा

काठमाडाैं, २० बैशाख । चर्चित अन्र्तराट्रिय ब्राण्ड डब्लु के डिजाइनको नेपालमा दोस्रो स्टोर खुलेको छ ।

नेपाली राट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले बिहीबार एक समारोहका बीच ललितपुरको कुमारीपाटीमा खुलेकाे स्टाेरकाे उद्घाटन गरे ।

युवापुस्ताहरु प्रति लक्षित विभिन्न आधुनिक इलेक्ट्रोनिक्स ग्याजेट तथा एसोसिरिजहरु स्टोरमा उपलब्ध छन् । प्रयोगकर्ताहरुको मन जित्न सफल हुने कम्पनीको दावी छ ।

दक्षिण पुर्वी एशिया सहित अन्य ६० भन्दा बढी मुलुकहरुमा बजार रहेको कम्पनीको नेपालको आधिकारीक बिक्रेता टेकम्याक्स इन्टरनेशनल हो । कम्पनीका उत्पादनहरु अनलाइनमा दराज मार्फत पनि खरिद गर्न सकिने छ ।


सुरुवाती मूल्य २ सय रुपैयाँ देखी ६० हजार रुपैयाँ सम्मका सामान स्टोरमा उपलब्ध छन् । कम्पनीका विभिन्न सामानमा ६ महिनाको रिप्लेसमेन्ट वारेण्टी पनि दिइएको छ ।

कम्पनीले चाडै नै काठमाण्डौमा बानेश्वर, बौद्ध, न्यूरोड, पोखरा, नारायणघाटको सिजी मल लगायतका स्थानमा आधिकारीक आउटलेटहरु खोल्ने बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here