बैशाखयता बाढी, पहिरो र चट्याङले लियो २३१ जनाको ज्यान, ५६ बेपत्ता

फाइलफोटो

काठमाडौं, २१ साउन । बैशाखयता पहिरो, बाढी र चट्याङका घटनामा परी २३१ जनाले ज्यान गुमाएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक अनुसार देशको विभिन्न ठाँउमा बाढी, पहिरो र चट्याङमा परि बैशाख १ देखि साउन २० गतेसम्म उनीहरुको ज्यान गएको हो ।

जसमा ५६ जना हराईरहेका छन् भने ३०९ जना घाइते भएका छन्। तथ्याङ अनसार पहिरोका घटनामा परी १७७ जनाको मृत्यु, ४४ जना वेपत्ता भएका छन् । १४५ जना घाइते भएका छन्।

सोही अवधिमा बाढीका घटनामा परी ७ जनाको मृत्यु, १२ जना बेपत्ता र ३ जना घाइते भएका छन्।

यो अवधिमा चट्याङ् लागेर ४७ जनाको मृत्यु भएको छ भने १६१ जना घाइते भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here