नेप्से परिसूचक २१.६४ अंकले घट्यो, १ अर्ब २३ करोडको कारोबार

काठमाडौं, २१ साउन । बुधबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । सोमबार ७.५९ ले बढेर कारोबार बन्द भएको नेप्से बुधबार २१.६१ अंकले घटेर १३८२.२५ विन्दुमा आइपुगेको छ ।

मंगलबार सार्वजनिक बिदा भएर बन्द भएको बजार बुधबार नेीसेको सिटस्मा समस्या आएर ४५ मिनेट ढिलो बजार खुलेको थियो ।

त्यसैदिन १८६ कम्पनीको १ अर्ब २३ करोड ३९ लाख ६३ हजार ९ सय ३४ रुपैयाँ बराबरको कारोबार भएको छ । आज ३४ लाख ४७ हजार ७ सय ६५ कित्ता सेयर किनबेच भएको छ ।

बजारमा कारोबार आएका सबै समूह राताम्मे देखिएका छन् ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here