भट्टले गरे पदबहाली, लगानी बोर्डकै भावनाअनुसार काम गर्ने प्रतिवद्धता

काठमाडौं, २१ साउन । लगानी बोर्ड नेपालका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले बुधबार पदबहाली गरेका छन् ।

बुधबार कार्यालयमा आयोजित एक कार्यक्रमका बीच पदबहाली गरेका हुन्।

सोमबारको मन्त्रीपरिषद् बैठकले भट्टलाई चार वर्षका लागि लगानी बोर्डको सिइओमा नियुक्त गरेको थियो ।

कार्यभार सम्हालेपछि उनले कार्यालयका रोकिएका गतिविधि अघि बढाउने सुरूवाती योजना रहेको बताए ।

निर्माणका चरणमा गइसकेका परियोजनालाई सहजीकरण बोर्डले गरिदिने हो, बोर्डको काम पनि त त्यही हो ।

कार्यालयको कार्यप्रगति के कति छ बुभ्नुपर्ने हुन्छ उनले भने । साथै संस्थागत अपडेट लिएर संस्थागत धारणा बनाउने प्रतिवद्धता जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here