सार्कका व्यवसायीलाई प्रमले भने – हामी ‘समृद्ध दक्षिण एशिया, सुखी दक्षिण एशियाली’ देख्न चाहन्छौं

काठमाडौं, २० बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एशियाली उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरुसँग अन्तरक्रिया गरेका छन् ।

सार्क मुलुकका उद्यमी व्यवसायीहरुसँगको सो भेटमा उनले नेपालले मात्र हैन दक्षिण एशियाले नै आर्थिक विकास र उन्नतीलाई प्राथमिकतमा राख्नुपर्ने बताएका छन् ।

‘हामी समृद्ध दक्षिण एशिया र सुखी दक्षिण एशियाली देख्न चाहन्छौं,’ प्रधानमन्त्री ओलीले भनेका छन् ।
यस क्षेत्रले समृद्धि हासिल गर्ने अहिले उपयुक्त समय भएको बताउँदै उनले दक्षिण एशियामा नै युवा जनसंख्याको बाहुल्य भएकाले यस्तो बेलामा विकासमा फड्को मार्न सजिलो हुने धारणा राखेका छन् ।

यसका साथै नेपालमा लगानी मैत्री वातावरण भएको बताउँदै ओलीले यस क्षेत्रका व्यवसायीलाई नेपालमा लगानी गर्न आमन्त्रण समेत गरेका छन् ।

वर्तमान सरकार सुशासन र विकासलाई महत्व दिएर अघि बढेको पनि उनले बताए । ‘हामीले सुशासन र विकासलाई महत्व दिएर अघि बढेका छौं । केही समय विभिन्न कारणले हामी पछि प-यौं तर अब त्यो समय सकियो । हामी अघि बढ्छौं,’ ओलीले भने ।

सार्क उद्योग वाणिज्य संघका अध्यक्ष रूवान इदरिसिंघे को नेतृत्वमा संघका उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघका विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष चण्डिराज ढकाल, महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्ष उमेशलाल श्रेष्ठ सहितको सार्कका उद्यमी व्यवसायीहरूको प्रतिनिधिमण्डलले प्रम ओलीलाई भेटेको हो ।

संघका अध्यक्ष इदरिसिंघेले दक्षिण एशिया आर्थिक विकासमा तीव्रतर रूपमा अगाडी बढ्दै गएकाले यस क्षेत्रको महत्व अगामी दिनमा अझ बढ्दै जाने भन्दै यस क्षेत्रको आर्थिक विकासका लागि सार्क उवासंघले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास दिलाए ।

नेपाल सहित सिंगो दक्षिण एशिया यतिखेर बाह्य लगानी आकर्षण सहित आर्थिक विकासमा तीव्रतर रूपमा अगाडी बढीरहेको भन्दै पछिल्लो पटक नेपालमा स्थिर सरकार सहित लगानीका लागि आवश्यक नीति कानूनहरूमा समेत आमुल परिवर्तन गरिएकाले वाह्य लगानी आकर्षण हुनेमा आफू विश्वस्त रहेको पनि उनले बताए ।

त्यसैगरी, ढकालले सार्क क्षेत्रको आर्थिक विकासका लागि संघको काठमाडौं बैठकबाट नया“ नया“ कार्यक्रम तय गरिएको जानकारी गराएका थिए । सार्क क्षेत्रका राष्ट्रहरू बीचको आर्थिक व्यवसायिक सम्बन्ध विस्तार, पर्यटन प्रवद्र्धन,

कनेक्टीभिटीका विषयमा बैठकमा महत्वपूर्ण छलफल भएको उनले जानकारी दिए ।
त्यसैगरी प्रतिनिधिमण्डलले आजै परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली समक्ष परराष्ट्र मन्त्रालयमा भेटवार्ता गरी सार्क उवासंघको काठमाडौं बैठक तथा भावी कार्यक्रमका विषयमा जानकारी गराएको छ ।

दक्षिण एशियाली उद्योग वाणिज्य संघको ७७ औं कार्यसमिति बैठक काठमाडौंमा जारी छ । बैठकले यस क्षेत्रका व्यवसायी र मुलुकहरु बीच आर्थिक आदानप्रदान तथा सहकार्य बढाउनमा जोड दिएको छ । बैठकको उद्घाटन सभामुख कृष्णबहादुर महराले बिहीवार चन्द्रागिरीमा गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here