ज्ञानेन्द्रलाल प्रधानको संयोजक नेपाल उद्योग परिसंघमा ऊर्जा विकास परिषद् गठन

काठमाडौं, २२ साउन । नेपाल उद्योग परिसंघले ऊर्जा विकास परिषद्को पुनर्गठन गरेको छ ।

ऊर्जा नीति कस्तो हुनुपर्दछ भन्ने विषयमा आन्तरिक र सरकारसँग समेत नीतिगत छलफल गर्न परिसंघले उर्जा उद्यमी ज्ञानेन्द्रलाल प्रधानको संयोजकत्वमा परिषद् पुर्नगठन गरेको हो ।

प्रधान यसअघि नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्ष थिए । समग्र ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि नीतिगत व्यवस्थामा सुधार गर्दै सरकारसँग सहकार्य गर्न परिषद् पुनर्गठन गरेको परिसंघले जनाएको छ ।

विगत वर्षहरुदेखि नै परिषद्को गठन भएर यसका गतिविधि सञ्चालन गरिरहेकोमा हाल ऊर्जा क्षेत्रमा देखिएको थप सम्भावना र चुनौतीहरुको विश्लेषण गरी ऊर्जा क्षेत्रको रणनीतिका साथै नीतिगत व्यवस्था एवम् छलफलमार्फत ऊर्जा क्षेत्रको विकास र विस्तार गर्न परिषदको गठन गरिएको परिसंघले जनाएको छ ।

नेपाल सरकारले सार्वजनिक निजी साझेदारीमार्फत ऊर्जा क्षेत्रको विकासमा उल्लेख्य वृद्धि गर्नसक्ने सम्भावना रहेकोले सरकारसँग नीतिगत छलफलको माध्यमबाट ऊर्जालाई नाफामूलक उद्योगको रुपमा विकास गर्न परिषद्ले सहयोग गर्ने परिसंघको भनाई छ।

हाल ऊर्जा क्षेत्रमा सबभन्दा कम प्रतिव्यक्ति आय भए पनि हाल नेपालमा ऊर्जा क्षेत्रमा कूल बजेटभन्दा बढी खर्च भएको देखिन्छ।

यसैगरी दाउरामा परनिर्भरता हुनु र गोबर ग्यास बालेर कृषिमा प्रयोग हुने मलखाद कृषि क्षेत्रमा उपयोग नगरी खेर गइरहेको छ।

आन्तरिक मागको ४ प्रतिशत मात्र ऊर्जा उपलब्ध भएको नेपालमा आन्तरिक मागको २० प्रतिशत ऊर्जा मात्र व्यवसायिक प्रयोजनमा र बाँकी ८० प्रतिशत ऊर्जा गैर-व्यवसायिक क्षेत्रमा उपायोग भइरहेको बताइएको छ।

यस परिषद्ले “एकप्रदेशः राष्ट्रिय गौरवको एक विद्युत परियोजना”को अवधारणालाई अघि बढाउने पनि उल्लेख छ। विश्व बैँक, आईएफसी, एडीबी, एआईआईबी जस्ता संस्थाहरूको बहुपक्षिय लगानी जुटाउनेसमेत रणनीति परिसंघको छ।

विगत वर्षमा नेपाल सरकारले राम्रो नीतिगत व्यवस्था गरेको कारण ऊर्जा क्षेत्रले वर्तमान अवस्थामा फड्को मार्न सफल भएको पनि परिषदले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here