तत्काल कक्षा ११ को परीक्षा नलिन सरकारको निर्देशन

काठमाडौं, २३ साउन । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा तत्काल नलिनको लागि निर्देशन दिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले सूचना निकालेर सरकारले विद्यालय पुनः सञ्चालनको निर्णय नगरेसम्म कक्षा ११ को वार्षिक परीक्षा तत्काल नलिन निर्देशन दिएको हो ।

कोरोना संक्रमणको कारण नेपाल सरकारले हालसम्म विद्यालय पुनः सञ्चालनको निर्णय गरिनसकेको अवस्थामा समेत केही विद्यालयहरूले कक्षा ११ को परीक्षा सम्बन्धी कार्यक्रम सार्वजनिक गरेको पाइएको हुँदा सोबाट विद्यार्थी तथा अभिभावहरूमा त्रासको वातावरण सिर्जना हुन गएकोले नेपाल सरकारबाट विद्यालय पुनः सञ्चालनको निर्णय नभएसम्मका लागि परीक्षा सम्बन्धी कार्यहरू नगर्नुरनगराउनुहुन सम्बन्धित सबैलाई सूचित गरिन्छ,’ बोर्डले जारी गरेको सूचनामा भनिएको छ ।

कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधिअनुसार वार्षिक परीक्षा सम्बन्धित विद्यालयले नै सञ्चालन गर्ने व्यवस्था छ ।

आंशिक तथा ग्रेड वृद्धि गर्नुपर्ने विद्यार्थीले कक्षा १२ को वार्षिक परीक्षा अघि नै परीक्षा दिइसक्नु पर्ने कार्यविधिमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here