कोरोना संक्रमणबाट थप पाँच जनाको मृत्यु, मृतकको संख्या ७० पुग्यो

तस्विर:गुगलबाट

काठमाडौं, २३ साउन । कोरोना भाइरसको संक्रमणबाट थप पाँच जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमको अनुसार पर्साका तीन जना, सर्लाही र सिरहाका एक-एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

सकोरोना संक्रमणबाट पर्सा वीरगञ्ज–९ माइस्थानका ४५ वर्षीय पुरुषको साउन २२ गते पाटन अस्पतालमा निधन, वीरगञ्ज–११, शीतपुरका ७९ वर्षीय पुरुषको साउन २० गते र सोही ठाउँका ५७ वर्षका पुरुषको साउन २२ गण्डक अस्थायी कोभिड अस्पताल मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिए।

यस्तै, सिरहा गोलबजार–१२ का २५ वर्षीय पुरुषको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा साउन २२ गते र सर्लाही बसन्तपुरका ४५ वर्षीय पुरुषको साउन २३ गते पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उनले बताए।

गौतमका अनुसार अहिले कोरोनाको लक्षणसहित गम्भीर बिरामी परेका ६६ जनाको आइसियुमा उपचार भइरहेको छ। त्यसैगरी अन्य तीनजना संक्रमितलाई भेन्टिलेटरमै राख्‍नु परेको छ।

गौतमले देशभर २६ सय आइसियु र ९ सय भेन्टिलेर रहेको बताए। जसमध्ये २५० आइसियु र भेन्टिलेटर कोरोनाका बिरामीको उपचारका लागि थपिएको छ।

अझै २४० आइसियु र भेन्टिलेटर थप्ने तयारी भइरहेको गौतमले बताए। उनले ३६ वटा अस्पतालमा कोरोनाका बिरामीको उपचार हुने बताउँदै ११५ वटा कोभिड-१९ क्लिनिक पनि सञ्‍चालनमा रहेको बताएका छन्।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७० पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here