सेयर बजारमा निराशा, ७ दिनमै लगानीकर्ताले गुमाए ७१ अर्ब

काठमाडौं, २४ साउन । बैंकहरुले धमाधम एकल अंकको ब्याजदरमा सेयर कर्जा दिँदासमेत यो साता सेयर बजारमा निराशा देखिएको छ ।

यो साता नेप्से परिसूचकसँगै कारोबारमा पनि संकुचन देखिएको छ । गत साता औसतमा प्रतिदिन एक अर्ब ६० करोडभन्दा माथिको कारोबार भएको बजारमा यो साता भने औसतमा एक अर्ब ३२ करोडको मात्रै कारोबार भएको छ ।

यो औसतमा प्रति दिन १ अर्ब ३२ करोड १६ लाख बराबर हो । गत साता नेपाल पुनर्बिमा कम्पनीको सेयर सबैभन्दा धेरै ५८ करोड ११ लाखको कारोबार भएको छ ।

त्यस्तै बढी कारोबार हुनेमा दोस्रो नम्बरमा नेपाल लाइफ इन्स्योरेन्स, तेस्रोमा प्रभु बैंकको संस्थापक सेयर र चौथोमा एनएमबि बैंक रहेका छन् ।

गत साता बजार पुँजीकरणको आधारमा नेपाल टेलिकम शिर्ष स्थानमा छ । टेलिकमको बजार पुँजीकरण ९७ अर्ब ६५ करोड छ भने दोस्रो नम्बरमा रहेको नबिल बैंकको बजार पुँजीकरण ८२ अर्ब ९ करोड रहेको छ ।

पुँजीकरणको आधारमा तेस्रो, चौथो र पाचौ स्थानमा क्रमश नेपाल लाइभ इन्स्योरेन्स, नेपाल इन्भेस्टमेन्ट बैंक र एभरेष्ट बैंक रहेको छन् ।

नेपाल पुनर्बिमा कम्पनीको शेयर सबै भन्दा धेरै १० हजार ७ सय ७२ पटक कारोबार भएको छ भने एनआईसी एसिया लघुवित्तको शेयर ८ हजार ८ सय १७ पटक कारोबार भएको छ ।

नेप्सेमा विभिन्न ७ कम्पनीको गरी कुल ४ करोड ५३ लाख ५३ हजार ४ सय ८९ कित्ता सेयर सुचिकृत भएको छ ।

साताभर यो साता नेप्से परिसूचक घटेसँगै बजार पुँजीकरण पनि ३.७८ प्रतिशतले घटेको छ । साताभर बजार पुँजीकरण ७१ अर्ब ६१ करोड ३२ लाखले घटेको छ ।

गत साता १८ खर्ब ९४ अर्ब ५२ करोड १७ लाख रहेको बजार पुँजीकरण यो साता घटेर १८ खर्ब २२ अर्ब ९० करोड ८५ लाखमा झरहेको छ ।

कोरोनाको त्रासको साथै सरकारले पुन: लकडाउन गर्ने चर्चा चल्नुका साथै विराटनर, वीरगन्ज जस्ता सहरमा निषेधाज्ञा जारी भएकाले पनि बजारमा प्रभाव परेको जानकारहरु बताउँछन् ।

यो पनि ।

नेप्से परिसूचक २१.६४ अंकले घट्यो, १ अर्ब २३ करोडको कारोबार

साधना लघुवित्तको सेयर विहिबारदेखि कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?

नेप्से परिसूचक ७.५९ अंकले बढ्यो, तीन कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

नेप्से परिसूचक ४२.७८ अंक घट्यो, कारोबारमा आएका सबै समूह राताम्मे

सेयर धितो कर्जा: कुन बैंकले कति लिन्छन् ब्याज ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here