एसबीआई बैंकका कार्डबाहकलाई सोल्टीमा १० प्रतिशत छुट

काठमाडौं, २४ साउन । नेपाल एसबीआई बैंकका ग्राहकले सोल्टी होटलहरुमा १० प्रतिशत छुट पाउने भएका छन् ।

बैंक र सोल्टी होटलको होल्डिङ कम्पनी सोल्टी इण्टरप्राइजेज प्रालिले बैंकका सम्पूर्ण भिसा डेबिट कार्डबाहकलाई छुट दिने सम्झौता शुक्रबार गरेका हुन् ।

नेपाल एसबीआईका ग्राहकले सोल्टी क्राउन प्लाजा काठमाडौं र सोल्टी वेस्ट प्रिमियर नेपालगञ्जमा खाना र पेय पदार्थमा १० प्रतिशत छुट पाउने उनीहरुले बताएका छन् ।

सोल्टी इण्टरप्राइजेजका भाइस प्रेसिडेण्ट सुदर्शन चापागाई र बैंकका प्रवन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत अनुकूल भटनागरले सम्झौतामा हस्ताक्षर गरे ।

सो अवसरमा बैंकका प्रमुख व्यवसाय प्रवद्र्धन अधिकृत छपिराज पन्त तथा सोल्टीका कम्पनी सचिव मुक्ति श्रेष्ठ उपस्थिति थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here