पछिल्लो २४ घण्टामा थप ३ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, २४ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ७८जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा पिसिआर विधिबाट गरिएको ७ हजार ७ सय ८८ नमुना परिक्षणमा ३ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार ५९२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४ सय ९९ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या १६ हजार ३१३ पुगेको छ।

कुल संक्रमितमध्ये ७३ जनाको मृत्यु भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here