काठमाडौं उपत्यका थप ६२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, २४ साउन । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यका थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा पिसिआर विधिबाट गरिएको नमुना परिक्षणमा ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

थपिएकाहरु काठमाडौंका ५६, ललितपुर र भक्तपुरका ३/३ जना रहेका मन्त्रालयले जनाएको छ ।

शनिबार थपिएका सहित काठमाडौंमा संक्रमितको संख्या ८२२, ललितपुरमा १३७ र भक्तपुरमा ८५ पुगेको छ। हालसम्म काठमाडौं उपत्यकाका तीन जिल्लामा जम्मा १ हजार ४४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here