भारतमा एकै दिन ६५ हजारभन्दा धेरैलाई कोरोना संक्रमण

काठमाडौं, २५ साउन । भारतमा कोरोना संक्रमणको संख्या तीव्र रुपमा फैलिएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै ६५ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । आइतबार बिहानसम्म भारतमा एकै दिन ६५ हजार १५६ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै भारतमा संक्रमितको संख्या २१ लाख ५२ हजार २० पुगेको छ ।
संक्रमितमध्ये अहिलेसम्म १४ लाख ७९ हजार ८०४ जना संक्रमणमुक्त भएका छन् भने ६ लाख २८ हजार ६७३ जनाको उपचार भइरहेको छ ।

कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा ८७५ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ४३ हजार ४५३ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here