सरकारले आगामी बजेटबाट सामाजिक सुरक्षा भत्ता बढाउने

काठमाडौं, २० बैशाख । आगामी आर्थिक वर्षमा सामाजिक सुरक्षा भत्ता बढाउने सरकारले घाेषणा गरेको  छ ।

शुक्रबार संघिय संसदमा सरकारकाे नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी बजेटबाट सामाजिक सुरक्षा भत्ता वृद्धि गरिने घाेषणा गरेकी हुन् ।

सत्तारुढ नेकपाले चुनावी घाेषणापत्रमा पाँच वर्षमा सामाजिक सुरक्षा भत्ता ५ हजार पुर्‍याउने घोषणा गरेको थियो तर, गत वर्षकाे बजेटमा सामाजिक सुरक्षाा भत्ता नबढाइँदा विशेषगरी वृद्दवृद्दाहरू खिन्न भएका थिए ।

हाल सामाजिक सुरक्षा भत्ता २ हजार रुपैयाँसम्म रहेकाे छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here