नेपालको झण्डा भएको पानीजहाज र रेल चढ्ने सपना पुरा हुने

फाइल तस्वीर

काठमाडौं, २० बैशाख । आगामी आर्थिक वर्षको लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको झण्डा सहितको पानीजहाज र रेलको लागि आधार निर्माण भईसकेको बताएकी छिन् ।

सरकारले काठमाडौंबाट चीन र भारत दुवैतर्फ जोडिने रेलमार्गको डिपिआर तयार गरी दुई वर्ष भित्र रेल मार्ग निर्माण गरिने उनले बताएकी हुन् ।

जनकपुर जयनगर रेलमार्ग आगामी वर्षभित्र सञ्चालन हुने पनि उनले बताइन् ।

राष्ट्रपति भण्डारीले नेपालीले आफ्नै झण्डा भएको जहाजमा यात्रा गर्ने सपना चाँडै नै पुरा हुने पनि बताइन् ।

त्यस्तै नेपालले आफ्नै स्याटलाईटबाट सुचना प्राप्त गर्ने नयाँ युगको सुरुवात भएको पनि उनले बताएकी छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here