एभरेष्ट बैंकको कर्मचारीमा कोरोना, दुई दिन मुख्य कार्यालय बन्द

काठमाडौं २६, साउन । आफ्ना दुई जना कर्मचारीमा कोरोना पुष्टि भएपछि एभरेष्ट बैंकको मुख्य कार्यालय दुई दिनका लागि बन्द भएको छ । लाजिम्पाट स्थित एभरेष्ट बैंकको मूख्य कार्यालय सोमबार र मंगलबार बन्द गरिएको हो ।

बुधबार देखि नियमित रुपमा मुख्य कार्यालय र शाखाबाट सेवा सूचारु हुने बैंकले बताएको छ ।

बैंकले लाजिम्पाट स्थित सबै कर्मचारीको परिक्षण गराएको थियो । सो क्रममा दुई जना कर्मचारीमा पोजेटिभ देखिएको थियो । संक्रमित कर्मचारीलाई आइसोलेसनमा पठाइसकिएको छ ।

यस्तै, आइतबार बैंकको सो कार्यालय ‘डिसइन्फेक्टेड’ गरिएकाले दुई दिनका लागि सेवा बन्द गरिएको बताइएको छ ।

मुख्य कार्यालय बन्द भएपनि बैंकको अरु शाखा कार्यालयबाट हुने सेवा नियमित रहेको र कुनै अवरोध नभएको बैंकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here