विदेशी मुद्रा विनिमय दर: यस्तो छ डलरदेखि रियालसम्मको भाउ

काठमाडौं, २७ साउन । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी विनिमयहरुको दर अनुसार मंलगबार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ५४ पैसा र बिक्रीदर १२० रुपैयाँ १४ पैसा रहेको छ ।

युरो एकको खरिददर १४० रुपैयाँ ४५ पैसा र बिक्रीदर १४१ रुपैयाँ १५ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

पाउण्ड स्टर्लिङ एकको खरिददर १५५ रुपैयाँ ६७ पैसा र बिक्रीदर १५६ रुपैयाँ ४५ पैसा रहेको छ ।

यसैगरी अष्ट्रेलियन डलर एकको खरिददर ८५ रूपैयाँ ४० पैसा र बिक्रीदर ८६ रूपैयाँ ८३ पैसा रहेको छ ।

त्यसैगरी, एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९९ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७१ पैसा रहेको छ ।

एक बहराईन दिनारको बिक्री मुल्य ३१८ रुपैयाँ ६६ पैसा र खरिददर ३१७ रुपैयाँ ७ पैसा रहेको छ । भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here