लिवर्टी इनर्जीको आइपीओ भदौ तीन गतेदेखि खुल्ने

काठमाडौं, २७ साउन । लिवर्टी इनर्जी कम्पनीले भदौ ३ गतेदेखि साधरण प्राथामिक सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ ।

कम्पनीले स्थानीयले नकिनेकोसहित कुल ३५ करोड ६४ लाख ९३ हजार रुपैयाँ बराबरको ३५ लाख ६४ हजार ९३० कित्ता आइपीओ जारी गर्ने भएको हो ।

कम्पनीले यसअघि आयोजना निर्माणस्थल लमजुङबासीलाई अंकित मूल्य १०० का दरले ३७ करोड ५० लाख बराबरको ३७ लाख ५० हजार कित्ता जारी गरेको थियो । जसमा १३ लाख १५ हजार ९३० कित्ताका लागि आवदेन परेको थिएन ।

लगानीकर्ताले कम्पनीको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। आइपीओमा छिटोमा भदौ ७ गतेसम्म आवेदन दिन पाइनेछ भने सो अवधिसम्म सबै नबिकेमा भदौ १७ गतेसम्म आवेदन दिन सकिन्छ ।

कम्पनीको आइपीओमा धितोपत्र बोर्डबाट आस्वा अनुमति पाएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिन्छ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लिमिटेड रहेको छ। कम्पनीको आइपीओलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आइपीओ ग्रेड ४’ रेटिङ दिएको छ । जसले कम्पनीको आधारभूत अवस्था औषतभन्दा कमजोर रहेको जनाउँछ।

कम्पनीले लमजुङको दोर्दी गाउँपालिकामा २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ए जलविद्युत आयोजना निमार्ण गरिरहेको छ ।

यस आयोजनाको ब्याजसहित प्रतिमेगावाट लागत १८ करोड ५४ लाखका दरले कुल अनुमानित लागत ४ अर्ब ६३ करोड ६० लाख रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here