काठमाडौं, २७ साउन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक मंगलबार घटेको छ ।
सोमबार ३७.७४ अंकले बढेर बन्द भएको नेप्से मंगलबार भने ६.६१ अंकले घटेर १४२३.८१ विन्दुमा कायम भएको हो ।
यसदिन १९० कम्पनीको १ अर्ब २७ करोड १७ लाख ३८ हजार ९१४ रुपैयाँ बराबरको कारोबार भएको छ ।
३६ लाख ३० हजार ८४५ कित्ता सेयर किनबेच भएका छन् । मंगलबार नेप्सेमा म्यूचुअल फण्डबाहेक अन्य सबै समूह राताम्मे भएका छन् ।