नेपाल अन्तराष्ट्रिय मञ्चमा उदीयमान राष्ट्र बन्ने, आर्थिक कुटनीतिमा जाेड

काठमाडौं, २० बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा उच्च आर्थिक वृद्धिदर हासिल गरी केही वर्ष भित्रै नेपाल अन्तराष्ट्रिय मञ्चमा समृद्धि र न्याय सहितको एक उदीयमान राष्ट्रको रुपमा स्थापित हुने लक्ष्य राखिएको छ ।

संघिय संसदमा राष्ट्रपतिले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नेपाल अब समृद्धिको बाटोमा हिँड्ने कुरा उल्लेख छ ।

नीति तथा कार्यक्रमको सफल कार्यान्वयनबाट राष्ट्रिय एकता मजबुत हुने, संघियता संस्थागत हुने, तिव्र आर्थिक वृद्धिदर हासिल हुने, प्रभावकारी र गुणस्तरीय सेवा प्रवाह हुने र नागरिकको सम्मान र संरक्षण हुने कुरा पनि राष्ट्रपतिले बताइन् ।

अब नेपालले निर्यात, लगानी र पर्यटन प्रवद्र्धन एवम् प्रविधिमा पहुँच सहज बनाउने गरी आर्थिक कुटनीति सञ्चालन गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

त्यस्तै नेपाल सदस्य भएको क्षेत्रीय मञ्चहरुमा आफ्नो उपस्थितीलाई प्रभावकारी बनाउने लक्ष्य पनि नीति तथा कार्यक्रममा राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here