विश्वकै पहिलो कोरोना खोप बनाएको पुटिनको घोषणा, आधिकारिक रुपमा स्वीकृति

काठमाडौं । रुसले विश्वको पहिलो कोरोना भ्याक्सिनलाई स्वीकृत गरेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसको स्वास्थ्य मन्त्रालयले भ्याक्सिनलाई स्वीकृत गरेको जानकारी दिएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

पुटिनले यो भ्याक्सिन विश्वकै पहिलो सफल कोरोना भ्याक्सिन भएको दावी गरेका छन् । यसलाई रुसको स्वास्थ्य मन्त्रालयले प्रयोगको स्वीकृति दिएको पनि पुटिनले घोषणा गरे । पुटिनले आफ्नी छोरीले पनि यो भ्याक्सिन लगाएको जानकारी दिए ।

भ्याक्सिनलाई मस्कोको गामालेया इन्ष्टिच्युटले तयार गरेको थियो । रुसले रक्षा मन्त्रालयसँगको सहकार्यमा गामलियाको भ्याक्सिन परीक्षणमा सफल भएको दाबी गरेको थियो ।

तीन चरणको परीक्षणपछि भ्याक्सिनलाई अनुमोदनका लागि पठाइएको थियो । आगामी महिना रुसी जनतामा भ्याक्सिनको प्रयोग हुनेछ । रुसले आफ्ना जनताका लागि अक्टोबरमा भ्याक्सिन प्रयोगमा ल्याउने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here