शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द, बैंकमा ५० प्रतिशत कर्मचारीले मात्र काम गर्नुपर्ने

काठमाडौं, २७ साउन । सरकारले शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द गरेको छ।

सरकारका प्रवक्ता युवराज खतिवडाले कोरोना जोखिम रहेकोले अर्को सूचना जारी नभएसम्म शैक्षिक संस्था बन्द नै रहने जानकारी दिए।

‘शैक्षिक संस्था, सेमिनार, पार्टी प्यालेस, सैलुन, पुस्तकालय अर्को सूचना नभएसम्म बन्द रहने निर्णय भएको छ,’ उनले भने ।

त्यस्तै काठमाडौं उपत्यका र २०० भन्दा बढी कोरोना संक्रमित भएका जिल्लामा जनतासँग प्रत्यक्ष जोडिएर दिने सेवा प्रवाहका काम सकेसम्म घरबाटै गर्ने व्यवस्था मिलाउन आग्रह गरेका छन्।

उनले कोरोनाको संक्रमणदर झन बढ्दै गएकोले ‘सरकारी तथा गैरसकारी संस्थामा ५० प्रतिशत कर्मचारीमात्रै कार्यालयमा आउने र बाँकीले घरबाटै काम गर्ने व्यवस्था गर्नु पर्ने बताए ।

उनले यसका लागि सम्बन्धित कार्यालय प्रमुखले व्यवस्था मिलाउनु पर्ने उनको भनाई छ । उनले बढी भिडभाड हुने बैंक तथा वित्तीय संस्थाहरुले विद्युतिय माध्यमलाई बढी प्राथमिकता दिई काम गर्नु पर्ने बताए ।

धार्मिकस्थलमा दैनिक नित्य पूजाबाहेक पूजाआजामा पनि रोक लगाइएको छ। चाडवाड घरपरिवारका सदस्यले घरभित्रै मात्र मनाउन सरकारले निर्देशन दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here