कतार च्यारिटी र इस्लामिक रिलिफले क्वारेन्टाइन सेन्टरमा बाँडे शौचालयदेखि ह्याण्डवाशिङ्ग स्टेशन

काठमाडौं, २७ साउन । कतार च्यारिटी र इस्लामिक रिलिफले कोरोना रोकथाम तथा नियन्त्रणको लागि स्वास्थ्य सामग्री वितरण तथा सरसफाई कार्यक्रम गरेका छन्। दुवै गैरसरकारी संस्था मिलेर तराईका ४ जिल्लाका ८० क्वारेन्टाइन सेन्टरमा स्वास्थ्य सामग्री वितरण तथा सरसफाई कार्यक्रम गरेका हुन् ।

बिशेषगरी भारतबाट आएका नेपालीहरुलाई राखिएको सर्लाही, रौतहट, बाँके र बर्दियाका २० २० वटा क्वारेन्टाइनमा कोरोना रोकथाममा प्रयोग हुने स्वास्थ्य सामग्री वितरण गरिएको कतार च्यारिटी नेपालका परियोजना प्रबन्धक इर्शाद अलि शेखले बताए

शेखकाअनुसार च्यारिटी र इस्लामिक रिलिफ मिलेर आप्रवासीका लागि कोभिड प्रतिरक्षा क्षमता सुध्रिकरण कार्यक्रम अन्तर्गत उक्त सहयोग गरिएको हो।

उक्त कार्यक्रमअन्तर्गत ८० वटा क्वारेन्टाइनमा अस्थायी भनीए पनि १० बर्षसम्म टिक्ने ८० वटा शौचालय, ह्यान्ड वाशिंङ्ग स्टेशन ९२ वटा, ८० वटा डीस इन्फेकट लिक्विड, क्वारेन्टाइन सेन्टरमा बसेका १० हजार ५५० जनालाई कोरोना रोकथाम स्वास्थ्य सामग्री, १ हजार महिलालाई डिग्निटी किट वितरण गरिएको छ।

क्वारेन्टाइनमा बस्नेहरुका लागि शुद्द पानी पिलाउने उदेश्यले दुवै संस्थाले पानी शुद्धिकरण पियुस झोल वितरण गरेका छन् भने क्वारेन्टाइन बस्नेहरुलाई बाल्टी जग लगायतका सामग्री समेत वितरण गरिएको छ।

त्यस्तै उक्त कार्यक्रमअन्तर्गत बाँके, बर्दिया, सर्लाही र रौतहटका बिभिन्न रेडियो तथा एफएमहरुमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि सचेतना जगाउने रेडियो जिंगल प्रचार तथा प्रसार गर्ने काम भएको छ।

त्यस्तै कोरोना संक्रमण बढी देखिएका जिल्ला मध्येका बाँके र बर्दियामा टेलिभिजन सो मार्फत पनि कोरोना रोकथाम तथा नियन्त्रणबारे सचेतना कार्यक्रम गरिएको छ। उक्त कार्यक्रममा नेपालगंजका उपमेयर, जिल्ला स्वास्थ्य प्रमुख र स्थानीय संस्थाहरुको उपस्थिति थियो।

च्यारिटी र रिलिफले वेलायतको स्टार्ट नेटवर्कको आर्थिक सहयोगमा गरेका हुन्।

तिन बर्षअघि मात्र नेपालमा आफ्नो कार्यक्षेत्र बिस्तार गरेको कतार च्यारिटीले बिभिन्न अप्ठारोमा नेपालमा सहयोग गर्दै आएको छ। अरब मुलुकको सवैभन्दा ठुलो गैरसरकारी संस्था मध्यको एक यसले विश्वका करिव ३० भन्दा बढी मुलुकमा आफ्ना विकास कार्यहरु सञ्चालन गर्दै आइरहेको छ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here