पर्यटक भित्र्याउने नौलो योजनाः रात्रिकालीन काठमाडौं उपत्यका सम्पदा यात्रा

काठमाडौं, २० बैशाख । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखी धेरै पर्यटक भित्र्याउने लक्ष्यका साथ एक नौलो कार्यक्रम ल्याएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सरकारले ‘काठमाडौं उपत्यकाको मौलिक संस्कृति, परम्परा साथै संगीतको प्रवद्र्धनको गर्नको लागि रात्रिकालिन काठमाडौं उपत्यका सम्पदा यात्रा कार्यक्रम सञ्चालन गरिने’ घोषणा गरेको हो ।

नेपाल भ्रमण वर्ष २०२० लाई सफलतापूर्वक सञ्चालन गरी २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ अभियान सञ्चालन गर्ने पनि सरकारले बताएको छ ।

त्रिभुवन विमानस्थल २४ सै घन्टा खुल्ने

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रिपति विद्यादेवी भण्डारीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल २४ सैं घण्टा सञ्चालन गरिने कुरा पनि बताइन् ।

नेपालको मौलिक परम्परा झल्कने गरी यो विमानस्थललाई बुटिक विमानस्थलको रुपमा विकास गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

साथै हाल सञ्चालनमा रहेका आन्तरिक विमास्थलहरुलाई ठुला विमानहरु उडान र अबतरण गर्न सकिने गरि निर्माण गरिने पनि बताईएको छ ।

यस्तै पर्यटन वर्षलाई लक्षित गरि नयाँ आन्तरिक विमानस्थल निर्माण गर्ने र रात्रि उडानको सुविधा नभएको आन्तरिक विमानस्थलहरुमा रात्रिकालिन उडान सुरु गर्ने पनि सरकारको योजना छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here