घाँस काट्ने क्रममा दोधारा चाँदनीमा एक महिलाको रुखबाट लडेर मृत्यु

संकेतिक तस्विर

दोधारा, २८ साउन । माहाकाली नगरपालिकामा घाँस काट्ने क्रममा एक महिलाको मृत्यु भएको छ ।

माहाकाली नगरपालिका वडा नं. १० का वर्ष अन्दाजी ३२ वर्षका रत्ना रोकायाको हिजो घर नजिकै रुखमा घाँस काट्ने क्रममा रुखबाट खसेका हुन् । उनलाई गम्भिर चोट आएपछि उपचारको लागी महाकाली अञ्चल अस्पताल लगिएको बताईएको छ ।

महाकाली अञ्चल अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीले जनाएको छ ।

समाचार तयारपारुञ्जेल मृतक रोकायाको प्रथामिक स्वास्थ्य केन्द्र दोधारामा पोष्टमार्टम भईरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here