विश्वकप छनोट खेल फेरि स्थगित

काठमाडौं, २८ साउन । फिफा कतार विश्वकप २०२२ र एएफसी एसिया कप चीन २०२३ को छनोट अन्तर्गतका खेल फेरि स्थगित भएको छ।

नेपाली राष्ट्रिय फुटबल टिमले अक्टोबर र नोभेम्बरमा खेल्ने तयारीमा रहेको खेलहरु फेरि रोकिएको हो ।

एएफसीले बुधबार विज्ञप्ति जारी गर्दै अक्टोबर नोभेम्बरमा तय भएको खेलहरु स्थगित भएको र अब उक्त खेलहरु २०२१ मा हुने जनाएको छ । तर कुन मितिमा हुने निर्णय भने भएको छैन ।

यस अघि चैतमा हुने भनिएको खेल कोभिड १९ का कारण स्थगित भएपछि एएफसीले अक्टोबर र नोभेम्बर महिनामा खेल सञ्चालन गर्ने तयारी गरेको थियो।

यता अखिल नेपाल फुटबल संघ ९एन्फा०ले प्रतियोगिताको तयारी अघि बढाइसकेको छ।

छनोट अन्तर्गत समूह बी मा रहेको नेपालले अब ३ खेल खेल्ने बाँकी छ ।

भदौ १ गतेबाट बन्द प्रशिक्षणको तयारी गरेको एन्फाले खेलाडीको पिसिआर परीक्षण गराउनेदेखि एन्फा कम्पेक्सको होस्टल, क्यान्टिन तथा अभ्यास स्थल स्यानिटाइज गरिसकेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here