एफवान सफ्टले पायो दक्षिण पूर्वी एशिया व्यापार पुरस्कार

काठमाडौं, २८ साउन । सफ्टवेयरको क्षेत्रमा अग्रणी कम्पनी एफवान सफ्ट इन्टरनेशनललाई दक्षिण पूर्वी एशिया व्यापार पुरस्कारबाट सम्मानित गरिएको छ।

यो पुरस्कार बेलायतको अग्रणी बिजनेस पत्रिका एपीएसीले दक्षिण एशियाका व्यवसायहरूले विभिन्न क्षेत्रमा सिर्जना गरेको प्रभावका आधारमा हरेक वर्ष प्रदान गर्ने गर्दछ। यो कुनै पनि नेपाली कम्पनीले पहिलो पटक जितेको एक प्रतिष्ठित पुरस्कार हो।

एफवान सफ्ट गु्रप अफ कम्पनीका अध्यक्ष विश्वास ढकालले भने, ‘हामी हाम्रो प्रयास अनुसार दक्षिण एशियाका प्रतिष्ठित कम्पनीहरू माँझ अन्तराष्ट्रिय मान्यता प्राप्त भएकोमा गर्व गर्दछौँ । विश्वलाई विशेष गरी कोरोना भाइरस महामारीको समयमा अझ नविन सिर्जना गर्ने कम्पनीहरूको आवश्यकता छ।’

अवार्ड संयोजक क्याथरिन बेन्टनले पनि एपीएसी इन्साईडरको तर्फबाट एफवान सफटलाई बधाई दिएका छन्। एफवान सफ्ट नेपालको सबैभन्दा ठूलो र अग्रणी डिजिटल वित्तीय सेवा कम्पनी हो।

एफवान सफ्टले इसेवा र फोनपे जस्ता मोबाईल मार्फत हुने भुक्तानी र मोबाईल बैंकिङ सेवाको विकास गरेको छ, जुन नेपालका एक करोड व्यक्तिले प्रयोग गर्दछन् । कम्पनीले ७ सय जनालाई रोजगारी प्रदान गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here