सवारी पास वितरण नगर्न गृहको निर्देशन

काठमाडौं, २८ साउन । गृह मन्त्रालयले बिहीबारदेखि जिल्ला प्रशासन कार्यालयहरुले दिँदै आएको सवारी पास वितरण नगर्न निर्देशन दिएको छ ।

गृहले बुधबार एक सूचना जारी अर्को व्यवस्था नभएसम्मका लागि साउन २९ गतेदेखि सवारीसाधन पास उपलब्ध नगराउन निर्देशन जारी गरेको हो ।

गृहले जारी गरेकाे परिपत्रमा ‘काेभिड१९ काे उच्च जाेखिमलाई मध्यनजर गरी अर्काे व्यवस्था नभएसम्म मिति २०७७।४।२९ गतेदेखि लागू हुनेगरी वितरण नगर्नुनगराउनु’ भनिएकाे छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here